इमान्दार संवाददाता
१७८ पटक

काठमाडौँ । 

काठमाडौँको थानकोटमा प्रेसर कुकर बम फेला परेको छ । स्थानीयका अनुसार महाशक्ति पेट्रोल पम्प नजिकै बम देखेपछि होहल्ला भइरहेको छ । उक्त स्थानमा बम भेटिएपछि स्थानीले प्रहरीलाई खबर गरेका छन् ।

त्यसैगरी अज्ञात समूहले झापाको कन्काइ नगरपालिकाको कार्यालय बम विको आगनमै बम बिस्फोट भएको छ । मंगलबार विहान भएको विस्फोटमा मानवीय क्षति नभएको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा आह्वान गरिएको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौँमा सवारी साधान कम मात्रामा चलेका छन् भने लामो दूरका सवारी साधान बम पार्क र विभिन्न पार्किङस्थलमा रोकिएका छन् । शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् ।

काठमाडौँ बाहिर भने पूर्ण रुपमा बन्द छ । बजार, उद्योग कलकारखाना, शिक्षण संस्था, यातायात पूर्ण रुपमा बन्द छन् ।

२०७५ साउन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...