इमान्दार संवाददाता
२३३ पटक

सुर्खेत ।

दैनिक दिन मानिस र गाडीहरुले खचाखच हुने सुर्खेत बसपार्क आज भने खाली देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण बसपार्क खाली देखिएको हो । राज्य आतंक बन्द गर्न र पार्टीका प्रबक्ता प्रकाण्ड सहितका नेताहरुको रिहाइको माग गर्दै आब्हान गरिएको बन्दको प्रभाव कर्णाली प्रदेशको राजधानि सुर्खेतमा आज बिहानै देखि देखिएको हो ।

बन्दका कारण छोटो तथा लामो दुरिका गाडीहरु बन्द भएकाछन् भने स्थानियहरु पनि त्रसित देखिएकाछन । बिहानै देखि यात्रुहरु बसपार्कमा अलपत्र भएकाछन् भने फाट्टफुट्ट रुपमा मोटरसाइकल भने चलेका देखिन्छन् ।

बन्दका कारण कर्णाली प्रदेशका दशवटै जिल्लामा ३१ गतेबाट सञ्चालन हुने टिएसएलसी परिक्षाका लागि आबस्यक प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पनि सम्बन्धित जिल्लामा पठाउन नसकिएको पश्चिम क्षेत्र क्षेत्रिय कार्यालयका परिक्षा प्रमूख ध्रुब रेग्मिले बताए । लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रिहरु पनि अलपत्र परेकाछन् ।

२०७५ साउन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...