इमान्दार संवाददाता
२२ पटक

धनन्जय बुढा, काठमाडौं ।

अष्टे«यलिन नागरिक जुलियन असान्जलाई संकटबाट बाहिर निकाल्न सबै तहबाट प्रयास हुनेपर्नेमा जोड दिएका छन् ।

अमेरिकाले ईराक, अफगानिस्तानमा युद्ध गरेर निर्दोष नागरिक र पत्रकारहरुको निमर्मतापूर्वक हत्या गर्ने र त्यसको सूचनाबाट विश्व समूदायलाई अलग राख्ने गोप्य सूचना चुहावट गर्ने विकी लिक्सका संस्थापक समेत हुन् ।

सूचना चुहावट गरेको आरोपमा अमेरिकाले आफ्नो हत्या गर्ने योजना बनाएको थाहा पाएपछि ब्रिटेन गएका त्यहाँ पनि जोगिने आधार नदेखेपछि उनी सन् २०१२ देखि ईक्वेडरको राजदूतावासमा शरण लिएर बसिरहेका छन् ।

नेपाल पर्यावरण संरक्षण तथा सम्बद्र्धन संघ (ईपान)ले आइतबार राजधानीको संवाद डबलीमा एक पत्रकार सम्मेलनको आयोजना गरी असान्जलाई संकटबाट मुक्त गर्न धारणा सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुदर्शन प्रधानले ‘जुलिया असान्जलाई स्वतन्त्र गराऔ’ शीर्षकमा प्रेस विज्ञप्ति जारी गर्दै उनलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको सदुपयोग गर्ने वातावरण बनाउन पहल गर्न अपिल गरे ।

‘झण्डै डेढ सय वर्षअघि सर्वहारा मजदुर वर्गको स्वतन्त्रताको वकालत गर्ने कार्ल माक्र्सलाई तत्कालीन मजदुर, किसानमारा जर्मनी सरकार, फ्रान्सेली सरकार, बेल्जियम सरकार, ईटली सरकारहरुले लगातार देश निकाला र २४ घण्टे वारेण्ट जारी गर्दा पनि तत्कालिन ब्रिटेन सरकारले राजनैतिक शरण दिएर वााक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको परिचय दिएका थिए । तर आज ब्रिटेन सरकार अमेरिकी शासकहरुको डर र दबाबमा असान्जलाई त्यो स्थान दिएन ।

अन्तमा ईक्वेडरको राजदुतावासमा असान्जले शरण लिन बाध्य भयो । विगत ६ वर्षदेखि असान्ज उक्त राजदुतावासमा बन्दीझंै जीवन जीउन विवश छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा ‘असान्जले अमेरिकाले ईराक र अफगानिस्तानमा योद्ध मच्चाउँदा युरोपियन स्वतन्त्र दुई रोयटर्स पत्रकारलाई हेलिकोप्टरबाट मेशीन गनले गोली हानेर गरेका घटना र अमेरिकी पूर्वराष्ट्रपति बिलक्लिन्टन र विदेशमन्त्री हिलारी क्वीन्टन नजिकका मान्छेले हैटीका ३३ जना केटाकेटीहरु अवैधरुपमा अमेरिका लैजाँदै गर्दा सीमा प्रहरीहरुबाट समातिए र तिनको वकिल पनि समातियो । यिनको सम्बन्ध मानव तस्करहरुसँग भएको पत्ता लाग्यो’ विज्ञप्तिमा भनिएको छ ।

लेखक रमन ग्रान्धनले जुलियन असान्जको जीवन रक्षा अमेरिका र बेलयातमा हुन नसकेकोले लण्डनमा रहेको ईक्वेडरको राजदूतावासमा शरण लिएर बसेको बताए ।

उनले असान्ज विश्वका ठूला युद्ध अपराधको विरोध र मानवअधिकारको रक्षाको लागि लडिरहेका पात्र भएकोले उनको स्वतन्त्रपूर्वक बोल्न, बस्न र हिड्डुल गर्ने वातावरण बनाउन संचारकर्मी, मानवअधिकारकर्मीहरुले आवाज बुलन्द गर्नुपर्ने बताए

२०७५ साउन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...