इमान्दार संवाददाता
७०० पटक

काठमाडौं ।

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको हो ।

विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । बम विस्फोटबाट एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरीले घेरामा राखेको छ । बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

२०७५ साउन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...