१७ पटक

रुपेन्द्र ऐडी, कालीकोट । 

“छुवाछुतको अन्त गरौं हामी संगै लागि,अझै पनि जिवितै छन छुवाछुतका वागि” यो देउडा प्रस्तुत गर्दै नरहरिनाथ गांउपालिका वडा न. ६ का अध्यक्ष तुलराज विकले जनयुद्ध कालमा हराएको जातिय छुवाछुत शान्तिकाल पछि ब्युतिएको बताए।

नरहरिनाथ गाउंपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ कालीकोटले संचालन गरेको एक कार्यशाला गोष्ठिका क्रममा उनले
अन्य क्षेत्रको तुलनामा याे क्षेत्रमा छुवाछुतको कमि भएपनि केही क्षेत्रमा त्यसको अबसेस कायमै रहेको बताए ।

तुलराज विकका अनुसार दलितका मुद्धामा दलित मात्र लागेर नहुने बताउदै सबैको सामुहिक दायित्व रहनेमा जोड दिएका छन् ।

कार्याशाला गोष्मिा प्रतिवेदन प्रस्तुत गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला परियोजना अधिकृत विर तिरुवाले अहिले समाजमा विभेद जारी रहेको बताएका छन् ।

उनले जातिय विभेद भोज भतेरदेखि कुवा पधेरो, सार्वजनिक पद धारण, राजनैतिक क्षेत्रको उच्च तह, पहुंचमा मात्र नभई देवि देवतामा पनि हुने गरेको बताए ।

समाजमा यो वा त्यो वाहनामा जातिय विभेद रहेकाले समाजका अग्रज व्यक्तित्वहरुबाट त्यसको न्युनिकरणमा जोड दिनुपर्ने बताएका छन् ।

कार्यपत्रको बारेमा टिप्पणि गर्दै नेकपा (माओवादी केन्द्र) कालीकोटका जिल्ला सदस्य नवराज उपाध्यायले ग्रामिण क्षेत्रमा दलित र गैरदलितहरु विचको सम्बन्धका कारण विगतमा कुमालगाउमा तिन जनाले गांउ निकाला हुनु परेको सुनाउदै अहिले समाज कयौं गुणा माथि उठेको बताए।

उनले भने- ‘पहिले गांउ निकाला हुनुपर्नेमा राज्यले अन्तरजातिय विवाहमा प्रोत्साहन सुरु गरेपछि सहज भएको छ ।’ उनले विभेद दलित र गैर दलितमा मात्र सिमित नभई सबै जातिमा रहेको समेत बताउदै बाहुनलाई काठा, क्षेत्रिलाई खसिया र दलितलाई कमारा भन्नु पनि विभेद भएको बताए ।

सोही कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय कुमालगाँउका प्रमुख नरबहादुर क्षेत्रिले दलित दलित भित्रको छुवाछुत नहटाई अरुलाई भन्नु नहुने बताए ।

प्रहरी प्रमख क्षेत्रिले भने लोकतान्त्रिक गणतन्त्र पछि बनेको संविधानले उल्लेख गरेको छुवाछुतलाई कानुनि मान्यता दिएपनि त्यसको व्यवहारिक कार्यन्वयनको समस्या रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नरहरिनाथ गांउपालिका उपाध्यक्ष मनशोभा बुढाले पहिलेको तुलनामा धेरै भन्दा धेरै छुवाछुत हटेको तर नियन्त्रण र निर्मुल पार्नका लागि स्थानिय निकायले कानुन ल्याएर व्यावहारिक रुपमा अघि बढ्ने बताइन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सबै क्षेत्रको सहयोग पाएमा मात्र टोल टोलमा सांस्कृतिक अभियान संचालन गरेर छुवाछुत निर्मुल पार्न सकिने कुरामा जोड दिएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले यस गाउंपालिकामा जातिय विभेद तथा छुवाछुत सम्बन्धिका काम गर्दै आएको छ । यस गांउपालिकाको लालुमा गत जेष्ठ महिनामा स्थानिय दलित जनप्रतिनिधि मना शार्कीको छुवाछुतका कारण हत्या भएको थियो ।

२०७५ साउन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...