आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९६ पटक

पोखरा । 

सामुदायिक सुचना समाज, पोखराले हरेक बर्ष प्रदान गर्दे आएको कास्की जिल्ला स्तरीय उत्कृष्ट सुचना अधिकारी छनौट प्रकृया सुरु भएको छ ।

जिल्ला प्रसासन कार्यालय कास्की संयोजक रहको तिन सदस्यीए छनौट समितिले शुक्रबार बाट काम सुरु गरेको हो । समितीमा सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुरु क्षत्रि संयोजक, सामुदायिक सुचना समाज, पोखराका महासचिव राजेन्द्र शर्मा, क्षेत्रिय हुलाक कार्यालय,पोखराका कर्मचारी धु्रब रिजाल सदस्य रहेका छन ।

शुक्रबार जिल्ला प्रसासन कार्यालयको सभाहलमा कास्कीका सरकारी कार्यालयका सुचना अधिकारीहरुको उपस्थितीमा एक मुल्याङ्गकन फाराम भरीएको थियो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रराज बुढाले सुचना अधिकारीहरु आफैमा चुस्त हुनु पर्नेमा जोड दिए । कास्कीमा थालिएको यो अभियान आफुलाई राम्रो लागेको प्रतिकृया दिए ।

सुचना अधिकारीहरुलाई सेवाग्राहीले मागेका सुचना सहज ढंगले उपलब्ध गराउन, सुचनाहरुलाई अभिलेखिकरण गर्न, सुचनहरुलाई स्वतः प्रकासन गर्न प्रजिअ बुढाले र्निदेशन दिए । सो कार्यक्रममा उनले सुचनामा जनताको पहुँच भए मात्र भ्रष्टचार कम हुने बताए ।

सामुदायिक सुचना समाज, पोखराले बितरण गर्ने उत्कृष्ट सुचना अधिकारी अवार्ड २०७५ को लागि सुचना अधिकारीहरुलाई दिईएको मुल्याङ्गकन फारामका आधारमा छनौट गरीने महासचिव शर्माले जानकारी दिए ।

सर्ट लिष्टमा परेका कार्यालय र सुचना अधिकारीहरुको कार्यालय अनुगमन हुने उनले बताए । सामुदायिक सुचना समाजले सुचनाको हकमा कलम चलाउने एक जना पत्रकारलाई पनि सिआईएस पत्रकारीता पुरस्कार प्रदान गर्दे आएको छ ।

पत्रकार यदुनाथ बन्जराको संयोजकत्वमा सामुदायिक सुचना समाजका सुचना अधिकारी माधब पनेरु, पत्रकार प्रेम नेपाली रहको प्रतिभा छनौट समितीले पनि काम सुरु गरेको संयोजक यदुनाथ बन्जराले जानकारी दिए ।

सामुदायिक सुचाना समाजले राष्ट्रिय सुचना दिबसको अबसरमा प्रदान गर्दे आएको उत्कृष्ट आईटि अवार्ड २०७५ को लागि पनि प्रतिभा छनौट समिति र्निमाण गरिसकेको छ ।

क्यान कास्की संयोजक रहेको तिन सदस्यीए समितीले पनि आफ्नो काम सूरु गरीसकेको सामुदायिक सुचना समाजका सुचना अधिकारी माधब पनेरुले जानकारी दिए । भदौ दोस्रो साता पोखरामा एक बिषेश कार्यक्रमको आयोेजना गरी अवार्ड तथा पुरस्कार वितरण गरिनेछ ।

२०७५ साउन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...