इमान्दार संवाददाता
३४२ पटक

काठमाडौं । 

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार अधिनायवादी बाटोतर्फ उन्मुख भएको र शान्ति सुरक्षा दिन असफल रहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा डा.महतले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार शान्ति सुरक्षा दिन सफल भएको बताएका हुन् ।

उनले भने, ‘वर्तमान सरकार पूरै असफल भएको छ । हरेक समस्याहरूलाई अनुसन्धान गर्नबाट पछि हटेको छ । बलात्कार, अपहरणका घटनाहरू बढी रहेका छन् । यस्तो स्थितिमा सरकार गम्भीर भएको छैन, नेकपाका नेताहरू दुई तिहाईको दम्भ र अंहकारको मानसिकताले सरकार चलाउदैछन् ।’

केही दिनअघि भक्तपुरमा भएको बालक अपहरण र हत्या गरिएको घटनालाई स्मरण गर्दै उनले वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल भएको बताए ।

उनले भने, ‘सुन्दा पनि कहाली लाग्दो त्यो घटनालाई सरकारले गम्भीर रुपमा लिएको भए बालकलाई जिउँदै बचाउन सकिन्थ्यो कि ? सरकारको ध्यान पुगेको छैन । बलात्कारका घटनाहरू त्यस्तै रुपमा बढी रहेका छन् ।’

२०७५ साउन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड