आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
५४ पटक

काठमाडौं ।

बुधबार र बिहिबार मौसममा केहि सुधार आएपनि शुक्रबार सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन सफा भएको मौसममा शुक्रबारदेखि भने फेरि बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको हो ।

शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएको र राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार र बिहिबार काठमाडौँ उपत्यका सहित देशभरको मौसममा केही सुधार आएको थियो ।

२०७५ साउन २५ मा प्रकाशित ।

२०७५ साउन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...