आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१२२ पटक

काठमाडौँ ।

भदौ १५ गते बाट प्रदर्शनमा आउने चलचित्र मेरी मामु रिलिज मिति नजिकिएसँगै पब्लिसिटिलाई तिब्र रुपमा अघि बढाईरहेको छ । आसुसेन फिल्मस्को चौथो प्रस्तुति रहेको चलचित्र मेरी मामु टिम यतिबेला पब्लिसिटीको लागी भ्यालि बाहिर गएको छ ।

आसुसेन टिम अहिले स्कुल क्याम्पेनिङमा दौडिरहेको छ । मेरी मामुकि नायिका अश्लेसा ठकुरी,नायक शारुक ताम्राकार,गायक बादल थापा सँगै बिन्दास टिभिका चिरन्जिवि सापकोटा र दिप खबरका सुदिप पौडेल लगायतको टिम पब्लिसिटि गर्दै यतिबेला दाङ पुगेको छ भने मेरी मामुको अर्काे टिम पुर्बमा पब्लिसिटी गर्दै छ ।

बाल मनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी र सामिप्यताको गहिराई केलाएर तयार पारिएको चलचित्र प्रचार प्रसारको लागि मात्र नभएर आमा र छोराको राम्रो संवन्धको सन्देश दिन बिधालयहरुमा पुगेको यो टोलीले स्कुलमा फिल्मको गीत देखाउदै आएको छ ।

सहभागी सबैले गीत र आयुबको अभिनयको तारिफ गर्दै आएका छन् । पब्लिसिटिमा रहेको मेरी मामु टिमले चौतर्फी सकारत्मक र राम्रो प्रतिकृया पाईरहेको छ।

२०७५ साउन २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...