इमान्दार संवाददाता
२६९६ पटक

काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको घरमा महिलाहरुले घेराबन्दी गरेका छन् । बिहीबार दिउसो ३ बजेदेखि साझ ७ बजेसम्म पनि उनको खुमलटारस्थित निवास घेराउ गरेका हुन् ।

ललितपुरकाे खुमलटारमा रहेकाे प्रचण्ड निवास महिलाहरुले दिउसोदेखि घेरा हालेर बसेको बिजया बुढाले बताइन् । बुढा पुराना कम्युनिस्ट नेता बर्मान बुढाकी छाेरी हुन् । उनी सहिद परिवार पनि हुन ।

बिजयाको घर जनयुद्दकालमै धराैटीमा राखेर प्रचण्डकाे नाममा पार्टीकाे कामका लागि पैसा निकालेका थिए उक्त पैसा समयमै फिर्ता नहुदा उनको घर लिलाम हुने भएपछि प्रचण्ड निवास घेराउ गरिएको बताइएको छ ।

त्याे घर अहिले बैंकले लिलाम गरेको छ । त्यसपछि विजयाकाे परिवार पुरै विचल्लीमा परेपछि महिलाहरुकाे टाेली प्रचण्ड निवास पुगेर घेराउ गर्न पुगेकाे हाे । विजया बुढाका श्रीमान खड्गबहादुर बुढालाई सेनाले भैरवनाथ गणमा हत्या गरेकाे थियाे ।

ललितपुरको कुसुन्तीमा रहेकाे विजयाकाे घर जनयुद्ध कालमा गाेप्य वार्ताका लागि प्रयाेग हुन्थ्याे ।

२०७५ साउन २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...