इमान्दार संवाददाता
२३१ पटक

काठमाडौं ।

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले हिजो थाइल्यान्डको पुलिस टेरो क्लबसँग १-० को हार बेहोरेको हो ।

खेलको ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाल पराजित भयो । नेपालले अब १० अगस्टमा थाइल्यान्डको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग खेल्नेछ ।

थाइल्याण्डमा प्रशिक्षण र अभ्यास खेलहरु सकाएर नेपाली टोली इन्डोनेसिया प्रस्थान गर्नेछ । एसियन गेम्स अगष्ट १८ तारिखदेखि सुरु हुने भए पनि फुटबलका खेलहरु भने अगष्ट १४ देखि नैं हुनेछन् ।

एसियन गेम्सको समूह डी मा रहेको नेपालले समुह चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

२०७५ साउन २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड