आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३६ पटक

काठमाडौँ ।

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए ।

पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए । नेपाली क्रिकेटको आगामी यात्रा एशिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

एसीसी एशिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । नेपाली टोली बेलायतको लड्समा त्रिकोणात्मक टी–२० शृङ्खला र नेदरल्याण्ड्समा दुई खेलको एकदिवसीय शृङ्खला खेलेर स्वदेश फर्किएको हो ।

२०७५ साउन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...