आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
११३४ पटक

काठमाडौं ।

आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव ठिमीमा भेटिएको पुष्टि गरे । साथै अपहरणकारी र प्रहरीबीच मुडभेड हुँदा दुई अपहरणकारीको पनि मृत्यु भएको सिंहले बताए । मृतकको सनाखत भएको छैन ।

उनीहरु मंगोलिय वर्णका २७ वर्षका जस्ता देखिएको महाशाखाका प्रमुख एसएसपी सिंहले बताए । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । पक्राउ परेको खबर पाएसँगै डेढ सय प्रहरी अनुसन्धानका लागि खटाइएको थियो । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाएर बस्ने महिलाका ११ वर्षिय छोरा अपहरणमा परेका थिए।

२०७५ साउन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...