इमान्दार संवाददाता
१७९६ पटक

काठमाडौं ।

एक महिनामा ४ सय ६५ जना वरिष्ठ हवल्दारसहित सशस्त्र प्रहरीमा ५ सय २६ अधिकारीले सेवाबाट राजीनामा दिएका छन् । सशस्त्र प्रहरी मुख्यालयले असार महिनामा मात्रै विभिन्न तहका ५ सय ३६ जनाले राजीनामा दिएको जनाएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम पाण्डेले बैशाखमा १ सय जना, जेठमा १ सय ६० जना र असारमा ५ सय २६ जना गरी ३ महिनामा ७ सय ८६ जनाले राजीनामा दिएको जनाएको हुन् ।

उनका अनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् ।

त्यस्तै, सहायक निरीक्षक १ सय ३३ जना, जवान ९८ जना, नायब निरीक्षक २७ जना, हवल्दार ३१ जना, सहायक हवल्दार २२ जना, परिचर ७ जना र प्रहरी निरीक्षक ३ जनाले राजीनामा दिएका छन् ।

यो अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका छन् । समयमा बढुवा नभएका कारण उनीहरुले राजीनामा दिएको हुन सक्ने बताइएको छ । डिआईजी पाण्डेले यो समस्यालाई मध्यनजर गर्दै कर्मचारीहरुको वृत्ति, विकासलाई ध्यानमा राखेर काम भइरहेको बताए ।

२०७५ साउन १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड