आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३५८ पटक

आजभोलीका युवायुवति जति चाँडै सम्बन्ध बनाउँछन् त्यती नै चाँडै सम्बन्धमा थोरै समस्या आउने बित्तिकै नाता छुटाउने गर्दछन् ।

आजभोलीको समयमा मन पराएको व्यक्तिसँग मनको कुरा भन्नलाई एउटा फोनको मात्र दुरी हुन्छ । तर मनको कुरा भन्नु पूर्व आफु र आफ्नो पार्टनर सँग १० वटा प्रश्न सोध्नु हुन्छ भने तपाईको भविष्य राम्रो हुनुका साथै समयको पनि बचत हुन्छ ।

सम्बन्ध विच्छेदमा विशेषज्ञता राख्ने वकिल, शिक्षाविद्हरु भन्छन् लामो समयसम्म सम्बन्धमा बस्ने जोडीहरुलाई एकअर्काबारे राम्ररी बुझ्नु पर्छ र मनमा उठेका प्रश्नहरु सोध्नु पर्छ । यसो गर्दा लामो समयसम्म सम्बन्ध टिकाउन सजिलो हुन्छ ।

सर्वेक्षणका अनुसार सफल जोडी बन्नको लागी सम्बन्धमा दोस्ती, एक अर्काको सम्मान र सम्पूर्ण कुराकानी सेयरिङ हुनुपर्दछ । जसको कारण सम्बन्ध लामो समय टिक्न सक्दछ ।

शेक्लेटन एक वकिल हुन जसले पाँल मेकार्टनी जस्ता व्यक्तिहरूका प्रतिनिधित्व गरेका छन् । उनी भन्छन् सम्बन्धमा बस्नु अघि नै मनमा उठेका प्रश्नहरू सोधियो भने पछि हुने विवादबाट बच्न सकिन्छ ।

शेक्लेटन जसले ४० वर्षको अवधिमा कैयौँ सम्बन्ध विच्छेद गराए । उनी भन्छन्, “सम्बन्ध विच्छेद गर्न आउने ५० प्रतिशत जोडीहरुले सम्बन्धमा आएका विभिन्न समस्याहरु बताउने गर्दछन् ।” उनीहरूलाईं लाग्ने गर्छ ‘सम्बन्धमा आउने सम्स्याहरु पार्टनरका कारण आउने गर्छ र जुन कहिल्यै सुध्रन सक्दैन ।’

शेक्लेटनका अनुसार सम्बन्ध राम्रो र सफल तब बन्छ जब पार्टनरलाई ह्याप्पी रिलेशासिप कसरी बनाउन सकिन्छ भन्ने कुरा थाहा हुन्छ ।

राम्रो साथी नै राम्रो जीवन साथी हुन्छ

अनुसन्धानकर्ताहरूले विहे भएको १० बर्ष पुगेको वा यस समय आउनु भन्दा पहिले नै सम्बन्ध विच्छेद भएका ४३ जोडीहरुको अन्र्तवाता लिएको थियो ।

अन्तरवार्तापछि पत्ता लागेका १० सवाल, जुन सम्बन्ध शुरुवात गर्न भन्दा पहिले बुझ्नु आवश्यकता हुन्छ ।

१.के हामी समान छौं ?
सर्वेको अनुसार सफल जोडीहरुले आफ्नो सम्बन्धको शुरुवात साथीबाट गर्दछन र बिस्तारै बिस्तारै दुवैबिच घनिष्ठ सम्बन्ध बन्ने गर्दछ । त्यसकारण सर्वेक्षणहरु भन्ने गर्दछन् सम्बन्ध सुरूवात गर्न भन्दा पहिला दुवै पार्टनरले एक अर्का सँग उनीहरूको सम्बन्ध साथीको सम्बन्धमा आधारित छ कि छैन सोध्नु पर्दछ ।

२.के हाम्रो मित्रता धेरै गहिरो छ ? 
विशेषज्ञहरूका अनुसार राम्रो साथी भयो भने कैयौँ किसिमका अप्ठेयारा समस्याहरू पनि सजिलै समाधान गर्न सकिन्छ । अध्ययनका अनुसार सम्बन्ध विच्छेद हुनुको एक कारण साथीत्वको कमी हो ।

३.के हामीलाई एउटै कुरा मन पर्छ ? 
अध्ययनका अनुसार जुन जोडीको सम्बन्ध सधैको लागि हुन्छ तिनीहरु एक अर्काप्रति आस्था र विश्वास राख्छन् एक जनाले मन पराएको कुरा अर्कोले पनि मन पराउँछ ।

४.के हाम्रो अपेक्षा उचित छ ?
अध्ययनका अनुसार सफल जोडी बनाउनको लागी विवाह र उचित अपेक्षा हुनुपर्दछ । सम्बन्धलाई उचित तरिकाबाट अगाडी बढाउनको लागी सजिलो हुुँदैन जसको लागी धेरै मेहेनत गर्नुपर्दछ ।

५.के हामी आफ्नो पार्टनर आफु भन्दा उत्कृष्ट सम्झिने गर्दछौ ?
विशेषज्ञहरु मान्छन् सम्बन्धमा सहानुभूति राख्नु राम्रो कुरा हो । उचित सम्बन्धमा बस्नको लागी पहिले एकअर्काबिच प्रेम हुनु पर्छ जसको लागी केही समय लाग्दछ । जब दुवै पार्टनरका एक अर्कालाई आफू भन्दा बेस्ट सम्झिन्छन् र आवश्यक परेको बेला एक अर्काको लागी जे गर्न पनि तयार हुने गर्दछन् ।

६.के हामी आफ्नो माया वा सम्बन्ध बचाई राख्नका लागि केही गर्छौं ?
यस बारेमा लामो समय देखि सम्बन्धमा बसेका जोडीहरूले बताउछन्, हामी सधैं आफुले सक्दो सानो सानो काममा पनि एक अर्कालाई सहयोग गर्ने गछौं ।

७.के हामी कुनै बिषयमा कुरा गर्न सक्छौं र हामीबिच हुने समस्या एकअर्का भन्न सक्छौं ? 
सम्बन्ध सुमधुर बनाई राख्नलाई यो कुरा धेरै जरुरी हुन्छ । आफुले दिनभरि गरेका काम र आई परेका समस्या एकअर्काबीच सेयर गर्नाले सम्बन्धमा पछि कुनै किसिमको समस्या आउँदैनन् ।

८.के हामी समस्या परेको बेला पनि काम गर्न प्रतिबद्ध छौं ? 
लामो समयसम्म सम्बन्ध टिकाई राख्नका लागि धेरै क्षमतावान् हुनु आवश्यक हुन्छ । जस्तो सुकै परिस्थितिमा पनि एक अर्काको साथ भयो भने त्यो सम्बन्ध झन् झन् कसिलो हुदै जान्छ ।

९. के हामी आफ्नो आश्यकता स्थिर अथवा कम गर्न सक्छौं ?
अनुसन्धानकर्ताहरुका अनुसार सम्बन्धमा कैयौँ समस्याहरु हुन सक्छन् जस्तै आर्थिक समस्याका कारण सधै सोचे जस्तो हुदैँन । त्यसैले समबन्ध राम्रो बनाउनको लागी आफ्नो आवश्यकता कम गर्नु पर्छ र आफ्नो इच्छालाई स्थिर गर्नु पर्छ ।

१०. के हामी अरुको अगाडी एकअर्कालाई साथ दिन्छौं ? 
यो कुरा सबैलाई थाहा हुन्छ जसलाई हामी माया गछौं र जसलाई हामी आफ्नो जीवन साथी बनाउने फैसला गछौं । त्यसलाई परिवार र साथीभाई सबैले मन पराओस् भन्ने चाहान्छौ । यदि दुवै पार्टनर एक अर्का साथसाथै परिवारिक सँग पनि घुलमिल हुन सक्यो भने सम्बन्ध अझ प्रगाढ बन्ने गर्दछ ।

२०७५ साउन १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...