इमान्दार संवाददाता
३६४ पटक

काठमाडौं । 

सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको धरौटी पुर्‍याउने प्रस्ताव गरेको छ ।

यसको लागि वैदेशिक रोजगार ऐन परिमार्जन गर्न विधेयक मन्त्रिपरिषदको विधेयक समितिमा पुगेको छ ।

कानुन मन्त्रालयका एक उच्च अधिकारीले श्रम तथा रोजगार मन्त्रालयबाट म्यानपावर कम्पनीको इजाजतका लागि लिइने धरौटी ६ करोडभन्दा माथि पुर्‍याउने गरी प्रस्ताव आएको पुष्टी गरे ।

नगद ६ करोडको धरौटी झण्डै अाधा राख्न प्रस्ताव गरिएको छ । तर, विस्तृतमा छलफल हुन बाँकी नै हरेकाले ठ्याक्कै कुल धरौटी कति कायम हुन्छ भन्ने तय नभएको उनले बताए ।

‘धरौटीका लागि नगद र बैंक ग्यारेन्टी राख्ने फरक-फरक व्यवस्था छन् । अब नगद रकम थोरै राखेर म्यानपावर चलाउन नदिने प्रस्ताव आएको छ,’ ती अधिकारीले भने । यसबारे मन्त्रिपरिषदको विधेयक समितिमा श्रम मन्त्रालयका सचिवसँग भोलि नै छलफल हुँदैछ ।

अहिले म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी ल्याउनुपर्ने व्यवस्था छ । म्यानपावरका लागि बैंकहरुले ग्यारेन्टी सहजै दिने गर्दा म्यानपावर खुल्ने क्रम निकै बढेको छ । अब नगद धराैटी पनि ठूलो मात्रामा राख्नुपर्ने गरी ऐन संशोधनको योजना बनेको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले यसअघि नै म्यानपावर व्यवसायीसँग छलफल गर्दै मर्जरमा जानका लागि तयार हुन व्यवसायीलाई भनिसकेका थिए । ऐनमा ठूलो रकम धरौटीका रुपमा राख्नुपर्ने व्यस्वथा भएमा म्यानपावर व्यवसायीसँग तोकिएको धरौटी तिर्ने र बाध्यात्मक रुपमा मर्जरमा जान मात्रै विकल्प हुनेछ ।

यसअघि एक करोड धरौटी रकम पुर्याउने प्रस्तावको समेत व्यवसायीले विरोध गरेका थिए । तर, वैदेशिक रोजगार विज्ञले सरकारलाई कम्तिमा ३ करोड धरौटी पुर्‍याउन सुझाव दिएका थिए ।

तर, श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई व्यवसायिक बनाउन, मानव तस्करी नियन्त्रण गर्न र ठगीबापतको रकम फिर्ता दिलाउन ६ करोड करोडभन्दा बढी धरौटी राख्नुपर्ने व्यवस्था गर्न प्रस्ताव अघि बढाइएको हो ।

सरकारको यस्तो नीतिका कारण साना अगानिमा खोलिएका सयौ म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् । सानातिना पशालाका रुपमा म्यामपावर कम्पनि खोल्ने र गाउँगाउँ पुगेर मान्छे बटुल्दै बिदेशमा लगेर अलपत्रा पारिदिने दलालको धन्दा चौपाट भएको छ ।

२०७५ साउन १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...