इमान्दार संवाददाता
५३८ पटक

काठमाडौं ।

लामो प्रतिक्षापछि नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत ‘पानी कुवाको’ बाट ।

शुभ मिडिया होमले बजारमा ल्याएको गीत हो ‘पानी कुवाको’ । गीतको बोलमा अभिनय गरेका छन् कार्टुन क्रू, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालको । गीतमा स्वर सरोज ओली र स्मिता दाहालको रहेको छ । कबिराज गहतराजले निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन ।

यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि निकै चर्चित भएको थियो । स्वरमा आफ्नै मौलिकता भएकी स्मिताको यो गीत अहिलेसम्म युटयूबमा ट्रेण्डिङ क्रममा रहेको छ ।

स्मिताको नयाँ गीत २४ घण्टा नपुग्दै १ लाख ६० हजार भन्दा बढी हेरिसकेका छन् । यूट्यूबमा अनिल सुवेदीले कमेन्ट गरेका छन् “गीत राम्रो छ, सबै सम्मिश्रण, गीत, संगीत, नाच । ४ घण्टा अपलोड भएको ५ पटक हेरेर प्रतिक्रिया दिँदै छु । बधार्इै छ सबैलाई ।”

यसैगरी इन्डियन च्यानलले प्रचिक्रिया दिँदै ५०० पटक हेरिसकेको र कोही टक्कर दिने छ भन्ने लेखेका छन् । यूटुबमा अहिलेसम्म ५ सय बढीले गीतमाथि प्रतिक्रिया दिएका छन् । स्मिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डकी नातिनी हुन ।

२०७५ साउन ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...