इमान्दार संवाददाता
१२७११ पटक

काठमाडौं ।

ओली-प्रचण्ड पार्टीकी सांसद नवीना लामाले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने छात्राहरुबारे दिएको अभिव्यक्ति विवादपछि पदबाट राजीनामा दिएका कानूनमन्त्री शेरबहादुर तामाङको बचाउ गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शेरबहादुरलाई पदबाट राजीनामा दिन बाध्य पारिनु अन्याय भएको दाबी गरिन् । तामाङको अभिव्यक्ति गलत नभएको र मेडिकल क्षेत्रको बेथितिबारे बोल्दा गलत व्याख्या गरिएको दाबी उनको छ ।

वर्गीय आन्दोलन र पार्टीमा धेरै दुःख, कष्ट गरेर मन्त्री बनेका शेरबहादुरले पद छाडेपछि अब तामाङ समुदायबाट त्यो स्थानमा पुग्न निकै समय कुर्नुपर्ने भन्दै नवीनाले उक्त घटना आफूहरुका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेकी छन् । तामाङलाई आफूले नजिकबाट चिनेको र भन्दै नवीनाले उनी शालिन व्यक्तित्व भएका मानिस रहेको बताइन् ।

‘तामाङ समुदायमा जन्मेर पार्टी,राज्य प्रतिनिधित्व, वर्गीय अन्दोलनमा निकै दुःख कस्ट गर्दै कानुनमन्त्रीको पद सम्हालेका शेरबहादुर तामाङ निकै उच्च चरिको शालिन ब्याक्तित्व भएको मान्छे हो । उहाँलाई नजिकबाट चिनने मान्छे हो म । उहाँको इन्टेनसन गलत थिएन । उहाँले मेडिकल क्षेत्रभित्रका ब्यथितिमाथि टिप्पणी मात्र गर्न खोजेका थिए । तर तेस्को गलत ब्याख्या विश्लेषण गरी अनावश्यक लालछाना उहाँमाथि लगाइयो । यस्का बाबजुत पनि उहाँले आम रूपमा क्षेमायाचना गरिसक्नुभएको छ मन्त्री पद निकै महत्त्वपूर्ण सम्मनित पद हो । यसको अबम”ल्यन गर्न हुँदैन । यो त मन्त्री पदको अबमूल्यन पनि हो । यस्ता विषयलाई हल्का रुपमा फिजाउनु भन्दा पनि यसको गरिमालाई ठूलो बनाउनु राम्रो हुन्छ । विभिन्न मिडिया लगायतका क्षेत्रबाट कानुन मन्त्रीको राजीनामाको खबर आइरहेको छ । एउटा तामाङ समुदायको मानिसलाई राज्य सन्चालनका यति महत्वपूर्ण पदमा पुग्न अब निकै समय कुर्नुपर्ने हुन्छ । यो हाम्रा लागि दुर्भाग्यपूर्ण हुन्छ । यो एक प्रकारको अन्याय पनि हो । लाग्यो यो गम्भीर छलफलको विषय हुनुपर्छ उनको इमानदारिता स–चरित्रको उच्च मूल्याङ्कन हुनुपर्छ’, नवीनाले भनेकी छन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै ।

२०७५ साउन ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड