आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१४८५ पटक

काठमाडौँ।

शनिबार नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा नयाँ बानेश्वर रणमैदान बन्यो । तरुण दल र प्रहरीबीचको झडपले २०६२–६३ को आन्दोलनको झझल्को दिएको थियो ।

प्रहरीले भीड हटाउन अश्रुग्यास र जथाभावी लाठीचार्ज गर्दा तरुण दलका सयौं कार्यकर्ता घाइते भएको दलका उपाध्यक्ष उत्तम चापागाईको भनाइ छ ।

प्रदर्शनमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, पूर्वअध्यक्ष महेन्द्र यादव, कांग्रेस ललितपुरका सभापति मदन अमात्यलगायत गम्भीर घाइते भएका छन् । धेरै तरुण नेता कार्यकर्ताको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तरुण दलको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा एक सशस्त्र प्रहरी हातमा पेस्तोल निकाल्दै आन्दोलनकारीलाई लखेट्न सडकमा निस्के । उनले समाचार संकलन र तस्बिर खिच्ने गएका केही पत्रकारलाई पेस्तोलसमेत ताके ।

आन्दोलनकारीलाई पेस्तोल ताक्दै लखेटे । उनी सशस्त्र प्रहरीका हवल्दार रहेको पुष्टि भएको छ । उनी प्रदेश नम्बर ७ का समाजिक विकासमन्त्री दीर्घ सोडारीका अंगरक्षक भएको खुलेको छ ।

उनी शुक्रबार राति मात्र काठमाडौं आइपुगेका थिए । दलका भ्रातृसंगठनको आन्दोलनमा पेस्तोल निकाल्दै ताक्दा गोली चलेको भए त्यसको जिम्मेवार को हुने भन्दै अहिले चौतर्फी उनको आलोचना भइरहेको छ ।

२०७५ साउन ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...