इमान्दार संवाददाता
५९९ पटक

काठमाडौं ।

क्रोएसियालाई हराउँदै फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । आइतबार राति भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।

उसले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उचालेको थियो। दोश्रो पटक विश्वकप उचाल्न उसलाई २० वर्ष लाग्यो।

खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।

क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।

क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो । हारसँगै क्रोएसियाका समर्थकहरुको रुवाबासी सुरु भएको छ ।

२०७५ असार ३१ मा प्रकाशित ।

२०७५ असार ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...