आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
५६ पटक

भक्तपुर ।

पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भट्टका अनुसार राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो ।

यसैबीच हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ

सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।

बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।

२०५७ असार २८ मा प्रकाशित ।

२०७५ असार २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...