आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
७६१ पटक

काठमाडौं।

नेपालको ठुलो मिडिया ग्रुप कान्तिपुर दैनिकमा भारतको औपचारिक प्रवेश भएपछि कान्तिपुर भित्र ठुलै लफडा भएको खबर छ ।

भारतको सबैभन्दा ठूलो र शक्तिशाली मिडिया ग्रुप टाइम्स अफ इन्डियाले कान्तिपुर दैनिक कब्जा गर्ने उद्देश्यसहित मिडिया ग्रुपमा प्रवेश गरेको समाचार स्रोतले जनाएको छ ।

टाइम्स अफ इन्डियाका विशेष प्रतिनिधिलाई कान्तिपुरका मालिकले मासिक २० लाखभन्दा बढी सेवासुविधा दिनेगरी शक्तिशाली पद दिएर एकजना भारतीयलाई भित्र्याएपछि हालको सम्पादकीय समूहले राजिनामा दिएको बताइएको छ ।

कान्तिपुरले रजनीश नाम गरेका भारतीय नागरिकलाई आफ्नो मिडिया ग्रुपमा प्रवेश गराएर औपचारिकरुपमा नेपाली मिडियामा बिदेशी लगानी भित्र्याउने र बिदेशी नागरिकलाई नियुक्त गरेर नेपालको पत्रकारिता जगतलाई पर निर्भर बनाउने कोशिस गरिएको समाचार स्रोतको भनाई छ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले रजनीशलाई प्रबन्ध सम्पादकको पद दिएर भित्र्याउने तयारी गरेपछि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले पदत्याग गरेका हुन् ।

स्रोतका अनुसार, रजनीशलाई कान्तिपुरमा अध्यक्ष कैलाश सिरोहियापछिको हैसियत दिइदैछ । हाल कान्तिपुरमा अध्यक्ष कैलाश सिरोहिया, स्वस्तिका सिरोहिया र सम्भव सिरोहिया निर्देशकको हैसियतमा छन् ।

कान्तिपुरसंग जोडिंदै गरेका रजनीशलाई स्वस्तिका र सम्भव सिरोहियाभन्दा माथिल्लो तहमा राखेर प्रवेश गराउन लागिएको छ उनि भारतको पत्रिका टाइम्स अफ इन्डियाको वरिष्ठ व्यवस्थापनको हैसियतमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

२०७५ असार २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...