इमान्दार संवाददाता
३६६ पटक

नेपाली युवा खेलाडी सन्दीप लामिछानेले २ विकेट लिएका छन् । क्यानडामा भइरहेको ग्लोबल टी-२० क्यानडा लिग क्रिकेटअन्तर्गतकाे अन्तिम लिग अाइतबार राति भएको खेलमा उनले २ विकेट लिएका हुन् ।

तर उनी सम्मिलित मोन्ट्रेल टाइगर्सले जित निकाल्न सकेन । टोरोन्टो नेशनलसँग माेन्ट्रेल १ विकेटले पराजित भएकाे छ । डारेन सामीको कप्तानीमा रहेकोटोरोन्टो नेशनलका जर्ज वर्कर र अनरिकेको अर्धशतक तथा लासिथ मालिंगा र पिटर सिडलले ३-३ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स हार स्वीकार्न बाध्य भयाे ।

टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि जर्ज वर्करले सर्वाधिक ६२ तथा अनरिकले ५० रन बनाए भने बलिङमा टोरोन्टोका मोहम्मद शामीले ३ विकेट लिए । लिग चरणमा चौथो हारपछि मोन्ट्रेल ५ खेलबाट २ अंक मात्र जोड्दै प्रतियाेगिताकाे अन्तिम स्थानमा रहेकाे छ । एजेन्सी ।

२०७५ असार २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड