इमान्दार संवाददाता
६६६ पटक

पोखरा । 

आज गण्डकी प्रदेशमा बन्द अाह्वान गरिएकाे छ । बन्दका कारण राजधानीसहित ११ जिल्लाकै जनजीवन कष्टकर बनेको छ । बदले लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प रहेका छन् । भाडाका सवारी नचल्दा यात्रुलाई ओहोरदोहोरमा समस्या भएको छ ।

प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव गरिएपछी तमुवान–मगरात संघर्ष समितिले प्रदेश बन्दको आह्वान गरेको हो । बन्दले राजधानीसहित गण्डकी प्रदेशका ११ जिल्लामा कलकारखाना, उद्ध्योगधन्दा, बजार, स्कुल, कलेज ठप्प रहेका छन् ।

यस्तै राजधानी पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

प्रदेशसभाले साविक ४ नम्बर प्रदेशको नाम गण्डकी राखेपछि जातीय संघ संस्थाले त्यसकाे विराेधमा बन्द हड्ताल र अान्दाेलन थालेका छन् । यसअघि उक्त प्रदेशको नाम तमुवान वा तमुवान मगरात राख्ने चर्चा चलेको थियो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्ष काँग्रेस र सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीको नामकरणका बारेमा आ-आफ्नै धारणा थियो । बन्दका कारण सर्वसाधारकाे अावागमनमा सास्ती भएकाे छ भने दैनिक कामकाजअ अबरोध भएको छ ।

२०७५ असार २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड