इमान्दार संवाददाता
१२९ पटक

काठमाडौँ । 

बंगालका खाडी राष्ट्रहरुको प्रयासमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुने भएको छ । नेपालले बिमस्टेक शिखर सम्मेलनको तयारी थालेको छ ।

भदौमा शिखर सम्मेलन गर्ने गरि विभिन्न समिति गठन गर्ने काम अघि बढेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यक सुझाव समेत दिएको बताइएको छ ।

गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समेत भदौको दोस्रो वा तेस्रो साताका लागि प्रस्ताव गरेको थियो । भदौ १४ र १५ वा २१ र २२ मा शिखर सम्मेलनको मिति नेपाली पक्षको प्रस्ताव रहेको थियो ।

अधिकांश सदस्य राष्ट्रहरुले नेपाली प्रस्तावमा स्वीकार गरिसकेको र एक सदस्य राष्ट्रको प्रतिवद्धता पर्खिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । सन् २०१६ अक्टोबरमा भारतको गोवामा भएको बिमस्टेक लिडर्स रिट्रिटमा समेत चौथो सम्मेलन नेपालले छिटो गर्ने सहमति भएको थियो ।

त्यही वर्ष गर्ने भनिए पनि नेपालको आन्तरिक कारणले पछि सारिएको हो । सन् २०१४ मा बिमस्टेकको अध्यक्ष चुनिए पनि त्यसयता नेपालले मन्त्रीस्तरीय बैठक मात्र आयोजना गरेको थियो ।

नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकका राष्ट्र एवं सरकार प्रमुखको उपस्थिति हुनाले यसको तयारी पनि त्यही ढंगले हुनेछ ।

सम्मेलनले पछिल्लो समय सडक सञ्जाल, व्यापार, पर्यटन, लगानी, ऊर्जा, प्रविधि आदानप्रदान, प्राकृतिक प्रकोपलगायत एजेन्डामा छलफल गर्दै सम्बोधनमा जोड दिने गरी काम अघि बढेको छ ।

२०७५ असार २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड