आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९८६ पटक

कालिकोट ।

भोली असार २६ गते सोमबार कर्णाली बन्दको आह्वान गरिएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कर्णाली बन्दको आह्वान गरेको हो ।

बन्दको पूर्वसन्ध्यामा नेकपाले कर्णालीका पाँचवटै जिल्लामा आइतबार साझ मशाल जुलुस गरेको छ । सोमबारको लागि आयोजना गरेको कर्णाली बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालिएको नेकपाले जनाएको छ ।

राज्यले आफ्ना नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा उक्त पार्टीले कर्णाली बन्दको आह्वान गरेको बताएको छ । असार २३ गते मुगुको सदरमुकाम गमगढीमा नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर जिल्ला इन्चार्ज संगमसहितका नेताहरुलाई गिरफ्तार गरेको थियो ।

उक्त कार्यक्रममा प्रहरीले गोली चलाउदा एक दर्जन भन्दा बढी सर्वसाधारण जनाता घाइते भएका थिए । केन्द्रीय सास्कृतिक समूह सामना परिवारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रहरीले हवाई फायर गर्दै कार्यक्रममाथि हस्तक्षेप गरेको थियो ।

उक्त हस्तक्षेप र आक्रमणका विरुद्ध पार्टीको कर्णाली ब्यूरोले सोमबार बन्दको आयोजना गरेको हो । पूर्व घोषित कार्यक्रमअनुसार आइतबार कर्णालीका पाँचवटै जिल्लाका सदरमुकाम र स्थानीय बजारहरुमा मशाल जुलुस निकालिइको छ ।

मशाल जुलुसमा सहभागी नेकपाका स्थानीय कार्यकर्ता र समर्थकहरुले सरकारी हस्तक्षेपविरुद्ध चर्का नारा लगाएका छन् । भने ओली सरकारको रबैया विरुद्धमा कडा आन्दोलनमा उत्रिन समेत पछीनपर्ने बताएका छन् ।

२०७५ असार २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...