इमान्दार संवाददाता
१३८ पटक

सुर्खेत ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड छुट्याइएको बताएका छन्।

नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए ।

उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको जनाए ।

‘कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली-रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ’, मन्त्री बुढाले भने ।

जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याएको हो ।

पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय ग्रेटवलोकनका लागि रु दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ ।

२०७५ असार २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड