आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
६९ पटक

रौतहट । 

प्रभु बैंकले रौतहटको परोहामा शाखा संचालन गरेको छ । परोह नगरपालिकाको वडा नम्बर ४ मा शुक्रबारदेखि शाखा संचालन गरेको हो ।

शाखाको उद्घाटन परोहा नगरपालिकाका प्रमुख मो. शेख वकिलले गरेका हुन् । बैंकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त शाखा संचालन गरेको जानकारी दिएको हो ।

‘स्थानीय स्तरबाटै सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा कार्यालय आज देखि सञ्चालनमा ल्याएको छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्नसरकारी कार्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, संघ संस्था, तथा स्थानीयव्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामासर्वसाधारणको उपस्थिति थियो ।

शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुलाई गुणस्तरीय सेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

२०७५ असार २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...