इमान्दार संवाददाता
१५५ पटक

काठमाडौँ । 

फ्रान्सले उरुग्वेलाई २-० हराउँदै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यो सहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई जित दिलाए ।

ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो। उरुग्वेका स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् ।

२०७५ असार २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...