इमान्दार संवाददाता
१७१९ पटक

सुर्खेत ।

प्रहरीले सामाना साँस्कृतिक पारिवारको कार्यक्रममाथि हस्तक्षेप गरेको छ । मुगुको सदरमुकाम गमगढीमा भएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले कर्णालीमा सुरु गरेको ‘एकीकृत जनजागरण अभियान’ को क्रममा मुगुको सदरमुकाममा शुक्रबार साँस्कृतिक कार्यक्रम गरिरहेको थियो ।

स्थानीयका अनुसार कार्यक्रम चलिरहेको अवस्थामा प्रहरीले हवाई फायर समेत गरेको थियो । प्रहरीले तीन जना कालाकारहरुलाई गिरफ्तार गरेको बताइएको छ ।

प्रहरीको हवाईफायर र आक्रमण गर्दा नेकपाका एक कार्यकर्तासहित ६ जना घाइते भएका छन् । प्रहरीको आक्रमणमा परी एक स्थानीयवासीको बच्चा समेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार्यक्रममा आक्रमण गरिसकेपछि प्रहरीले अहिले सदरमुकाम गमगढीस्थित बजारमा छापा मारिरहेको बताइएको छ । शान्तिपुर्ण रुपमा गरिएको आफ्नो साँस्कृतिक कार्यक्रममा प्रहरीले आक्रमण गरेपछि नेकपाले प्रतिरोध जुलुस र सभा गर्ने तयारी गरिरहेको बताइएको छ ।

प्रहरीले स्थानीयवासीमाथि गोली प्रहार गर्दै तितरबितर पारेर कार्यक्रमस्थलबाट नेकपा मुगुका इन्चार्ज सङ्गम र एक जना जिल्ला सचिवालय सदस्यलाई गिरफ्तार गरेको उक्त जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले राज्यले शान्तिपूर्ण कार्यक्रममा प्रहरी लगाएर हस्तक्षेप गर्नु निन्दनीय कदम भएको भन्दै घटनाको घोर भत्र्सना गरेका छन् ।

इन्चार्ज बीसीले गिरफ्तारीमा परेका नेता-कार्यकर्तालाई बिनासर्त तत्काल रिहाइको माग गर्दै आफुहरुले शान्तिपूर्णरुपमा कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् ।

नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको प्रति स्थानीय राजनीतिक दल काङ्ग्रेसलगायत संसदीय पार्टीहरूले समेत विरोध गरेका छन् ।

पछिल्लोपटक ओली-प्रचण्ड नेतृत्वमा रहेको खपु सरकारले देशभर नेकपाका नेता कार्यकर्ताहरुमाथि धरपकड र दमन गर्ने, झुट्टा मुद्दा लगाएर गिरफ्तार गर्ने र दमनको शृंखलालाई बढाउने कार्य गरिरहेको छ ।

यो हप्ता सरकारले नेकपाका पोलिटब्युरो सदस्य भरत बम, ओम प्रकाश पुन, पदम राई, केन्द्रीय सल्हाकार असारे काका पुर्बसभासद धिरिन्द्रा उपाध्यायलगायत दर्जनौ नेता कार्यकर्तालाई काठमाडौँबाट गिरफतार गरेको थियो ।

२०७५ असार २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...