इमान्दार संवाददाता
४३ पटक

गणेश विक बझाङ ।

खोड्पे चैनपुर सडकखण्ड दिनानुदिन अवरुद्ध हुदै आएको छ । जयपृथ्वि राजमार्ग अन्र्तरगत खोड्पे चैनपुर सडकखण्ड दिनानुदिन अवरुद्धहरदै गएको हो ।

बझाङ जिल्लाको विथ्डचिर गाउँपालीका देखी लिएर तिव्वतको नाका वा सिमाना रहेको साईपाल गाउँपालीकासम्म जोडीएको यो सडकखण्ड भने दिनानुदिन अवरुद्ध हुदै गएको छ ।

बझाङबासिले चैनपुरबाट धनगडी, महेन्द्रनगरको यात्रा गर्दा ठुलो समस्या भोक्नुपरेको यात्रुहरुको भनाईरहेको छ । यात्राको क्रममा सर्वसाधारणले यात्रागर्दा बसको यात्रामा भने करीव एक सय ठाउँभन्दा बढीझर्नु पर्ने चक्र रोकायाको भनाई छ ।

जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे चैनपुर सड्कको बारेमा भने जिल्लामा रहेको सड्क कार्यालयले अहिलेसम्म केहीपनि नगरेको र सड्क कार्यालयमा आएको करोडौँ बजेट कहाँ गएको छ खोजिपनि नभएको र अहिले सम्म सडक सम्वन्धि कति बजेट बझाङ जिल्लामा आउँने गर्दछ । यसको पनि कहिल्यै जानकारी सरोकारवालालाई नगराइएकोे र यो वजेटमा ठुलो भ्रट्राचार भैरहेको बझाङ जिल्लाका नागरीक समाजका अध्यक्ष धर्मजङ बहादुर सिहंको भनाई छ ।

सिहंकोका अनुसार खोड्पे चैनपुर सडकखण्ड यात्रामा हजारौँ खाल्डाखुल्डी र दशौँ ठाउँमा पहिरो गएको ठाउँमा बझाङमा रहेको सडक कार्यालयले अहिले सम्मपनि केहिहेरफेर नगरेको हातचेपेर सुतिरहेको सिहको भनाई छ ।

जिल्लामा स्थानिय तहको निर्वाचन सम्पन्न भैसकेपछि विभिन्न तह र तप्कामा जनप्रतिनिधिहरु आएका छन । तर जिल्लाका जनप्रतिनिधिहरुले मुख्य सड्कखण्ड बाहेक ग्रामीण सड्कलाई मुख्य प्राथामिकतामा राखेपछि खोड्पे चैनपुर सडकखण्ड दिनानुदिन अवरुद्धहुदै गएको सर्वसाधारण्को भनाई छ ।

बझाङ जिल्लाको यात्रामा थुप्रै यात्राका साधान चलाउँदै आईरहेका बस जिवहरुका चालकहरुले पनि ठुलो समस्या भोग्नु परेको छ ।

२०७५ असार २० मा प्रकाशित ।

२०७५ असार २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड