आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
५७२ पटक

काठमाडौं ।

निर्माण घोषणा देखि अधिकतम चर्चामा रहेको चलचित्र “हेप्पी डेज” को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक “चेप्टे चेप्टे पेरुंगो” बोलको गीतमा राजनराज शिवाकोटीको शब्द संगीत र अन्जु पन्त र राजनराज शिवाकोटीको स्वर समावेश रहेको छ । लोक भाकामा तयार भएको शब्द र संगीत निकै बलियो देखिन्छ ।

अहिलेको दर्शकहरुको मन र मुटुमा छिटो यो गीतले राज गर्ने संकेत देखिन्छ । गीतको भिडियो अझै सुन्दर बनेको छ । गाउँ बेसीको वातावरणमा मौलिक पहिरनको साथमा चलचित्रका लिड कलाकार दयाहाङ राई र दिया पुनले सुन्दर नृत्य प्रस्तुत गरेका छन् । २ जनाको जोडी पनि निकै सुन्दर नै देखिएको छ । यस अगाडी गत बर्ष प्रदर्शनमा आएको चलचित्र वीर विक्रम यो २ को जोडी एकसाथ देखिसकेको छ ।

यो २ को जोडीलाई सबैले निकै मनपराएका पनि थिए । गीतको भिडियोमा अहिलेको चर्चित नृत्य निर्देशक कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । चलचित्रको प्रदर्शन मितिको बारेमा भने निर्माण पक्षेले कुनै खुलासा गरेको छैन । तर खबर अनुसार चलचित्र यहि बर्ष भित्र नै प्रदर्शनमा आउदै छ ।

चलचित्रको ९५ % भन्दा बढी छायांकन युके , स्कटल्याण्ड लगाएतका ठाउँहरुमा भएको छ । चलचित्रको दृष्यांकन र प्रस्तुतिले चलचित्रलाई अझै बढी रोचक बनाएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनि निर्देशित चलचित्र “वीर विक्रम” गत बर्षको ब्लकबस्टर चलचित्र साबित भएको थियो ।

चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , दिया पुन , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ |

नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहेको यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियो 

 

२०७५ असार २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...