इमान्दार संवाददाता
२०० पटक

काठमाडौँ ।

प्रगतिवादी युवा समाज नेपालले राष्ट्रिय स्तरको बाघचाल तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको छ । नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

समाजले नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी साउन ११ र १२ गते काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा गरी बढीमा २५० जना सम्मको सहभागिता रहनेछ ।

सहभागिताका लागि साउन २ गते साझँ ५ बजेसम्म १५० शुल्क तिरी आवेदन दिन पाइने समाजले जनाएको छ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् ।

पहिलो विजेतालाई ५५००, दोस्रो ३५०० र तेस्रोलाई २५०० पुरस्कार प्रदान गरिने छ । यस्तै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने समाजले जनाएको छ।

उक्त कार्यक्रममा नेपालको खेलकुद जगतमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका पूर्व खेलाडीहरुलाई सम्मान गर्ने समाजका सदस्य धिरेन्द्र चन्दले जानकारी दिएका छन् ।

सम्मानित हुने खेलाडीहरुमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशंः राम्जीप्रसाद बज्रचार्य-कराँते, दिपक बिष्ट-तेकवान्दो, बिनोद दास-क्रिकेट, सारादेबी तामाङ-ब्याडमिन्टन (नेपाल आर्मी ), र बक्सिङमा दिपक महर्जन रहेका छन् ।

यस्तै आङ बाबु लामा -ऊशु ,भरत शाह -भलिबल (नेपाल पुलिस ) ,ममता चौधरी-महिला क्रिकेट (सशत्र प्रहरी बल), जित बहादुर केसी-एथलेटिक्स, तारादेबी पुनमगर-भारत्तोलन, रन्जना धामी-प्याराओलम्पिक (अपाङ्ग) र सोम बहादुर सुनुवार (प्याराओलम्पिक (अपाङ्ग) रहेका छन्।

२०७५ असार १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड