इमान्दार संवाददाता
१३५ पटक

पोखरा । 

प्रदेश नं ४ को आज १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । उपसभामुख सिर्जना शर्माले जारी गरेको सूचनामा आज बस्ने भनिएको बैठक विशेष कारण जनाइ असार २१ गते दिनको २ः०० बजेसम्मका लागि सारिएको छ ।

स्रोतका अनुसार आजको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्बन्धमा एकमत हुन नसकेका कारण थप छलफलका लागि बैठक सारिएको हो ।

नामङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले गत जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान-मगरात, तेस्रोमा गोरखा र चौथोमा धौलागिरी रहेको छ ।

२०७५ असार १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...