इमान्दार संवाददाता
३५ पटक

गणेश विक, बझाङ।

महालक्ष्मी विकास बैकको शाखा कार्यालय बझाङले विध्यार्थीहरुलाई विभिन्न सामाग्री वितरण गरेको छ । बैंकले नानदेव प्राथामिक विध्यालयका १५ जना विध्यार्थीहरुलाई दुई हजार वरावरको सामाग्री वितरण गरेको हो ।

पिछडीएको वर्ग र  दलित समुदायका बालबालीकाहरु रहेको विध्यालयलाई प्राथमिकतामा राखेर बैंकले प्रत्येक विध्यार्थीलाई एउटा झोला, एक दर्जन कपि, पेन्सील, कटरलगाएतका सामाग्री वितरण गरेको हो ।

महालक्ष्मी विकास बैकका शाखा प्रवन्धक शेर बहादुर वि कले बिद्यालय जयपृथ्वी नगरपालीकामा रहेको भएपनि निकै पिछडीएको र विध्याथिहरुको अबस्था दयनीय रहेकाले आफुहरुले उक्त विद्यालयका बालबालिकालाई सहयोग गरेको बताए ।

वडा अध्यक्ष केश बहादुर विष्टले सभापतित्व गरेको सामाग्री वितरण कार्यक्रममा बोल्दै शाखा प्रवन्धक वि कले आफ्नो बैंकले यस्तै खालका सहयोग वितरण अभियानलाई निरन्तरता दिने समेत बताएका छन् ।

पुराना राजा जयपृथ्वी बहादुर सिंहको नामबाट नामाकरण गरीएको नगरपालिका भित्र पर्ने उक्त बिद्यालयमा आयोजित सहयोग वितरण कार्यक्रममा मेयर विरेन्द्र बहादुर खड्का प्रमुख अथिति रहेका थिए ।

कार्यक्रममा बोल्दै मेयर खड्काले जिल्लामा अरु थुप्रै बैकको शाखा स्थापना भएपनि महालक्ष्मी बैकले विध्यार्थीहरुका लागी यसरी विभिन्न सामाग्री वितरण गर्दै पढ्ने हौसला बढाई दिएको भन्दै आफु खुसीले गदगद भएको बताएका छन्।

गरीब, जेहेन्दार र विपन्न परिवारका बालबालिकाहरु स्कुल नआउने गरेको यो गाउँमा बैंकले गरेको सहयोग वितरणले बालबालिकालाई स्कुल आउने प्रेरणा मिल्ने मेयर खड्काको भनाई छ । सो कार्यक्रममा विध्यार्थी, अभिभावकलगाएत स्थानीयहरुको उल्लेखनिय उपस्थीति रहेको थियो ।

काठमाडौँको दरबार मार्गमा प्रधान कार्यालय रहेको उक्त बैकका देशभर ७२ वटा शाखा छन् भने बझाङ्गमा ८ महिना पहिले शाखा कार्यालय स्थापना भएको हो । बझाङमा रहेको उक्त शाखा मार्फत बैकले आठ प्रतिशत बार्षिक व्याजदरमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

२०७५ असार १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड