इमान्दार संवाददाता
१८४ पटक

काठमाडौँ ।

देशभर आम नागरिकको शिक्षामा समान पहुच र शुल्क समायोजन लगायतका मुद्दा उठाउदै आन्दोलनमा रहेको अखिल क्रान्तिकारीले सिटिईभिटीको अनुगमन सुरु गरेको छ ।

क्रान्तिकारीले राज्यले तोकेको शूल्क कार्यान्वयन, बिद्यालयमा आबस्यक भौतिक पूर्वाधार, मापदण्ड र सम्बन्धनबारे अनुगमन सुरु गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सिटिईभिटी संयोजक हर्क बिकको नेतृत्वमा महेन्द्रनगरबाट अनुगमन सुरु गरिएको छ ।

पहिलो चरणमा क्रान्तिकारीले सिटिईभिटीका क्षेत्रिय कार्यालय र सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुको अनुगमन गरिएको बताएको छ । विकका अनुसार केही बिद्यालयले तोकिएको शूल्कभन्दा बढी शुल्क लिएको विद्यार्थी र अभिभावकले क्रान्तिकारी समक्ष गुनोसो गरेपछि अनुगमन सुरु गरिएको हो ।

यस्तै मापदण्ड पूरा नभएका शैक्षिक संस्थाहरुलाई मिलेमतोमा सम्बन्धन दिइएको भन्ने ब्यापक उजुरी संगठनमा परेकाले पनि तत्काल अनुगमन जरुरी भएकोले संगठनले अभियानकै रुपमा अनुगमन सुरु गरिएको बिकले बताए ।

क्रान्तिकारीले महेन्द्रनगर, धनगढी, टिकापुर, नेपालगञ्जका सिटिइभिटी कलेजको अनुगमन गरिसकेको छ भने अब दाङ, बुटवल, चितवन र पोखराका कलेजहरुको अनुगमन गर्ने बताएको छ ।

सूची तयार पारी कारवाही गरिने

यस्तै क्रान्तिकारीले बढी शूल्क लिने र मापदण्ड पूरा नगर्ने शैक्षिक संस्थाको सूची तयार पारी कारवाहीको लागि सम्बन्धीत निकायलाई पठाउने बताएको छ । संयोजक बिकले सरकारले कारवाही नगरे संगठनले सिटिईभिटीका कर्मचारी र शैक्षिक संस्थाहरुको सूची सार्वजनि गरेर आफ्नै पार्टीले कारवाही गर्ने समेत बताएका छन् ।

क्रान्तिकारी श्रोतले दिएको जानकारी अनुसार पश्चिम महेन्द्रनगरबाट सुरु गरिएको अनुगमन पूर्वसम्म पुग्नेछ। नयाँ भर्नामा कुनै पनि शैक्षिक संस्थामा बढी शूल्क मागे क्रान्तिकारीलाई सम्पर्क गरी उजुरी गर्न पनि बिकले विद्यार्थी र अभिभावकलाई अाग्रह गरेका छन् ।

पछिल्लोपटक देशभर भ्रष्टाचार, कमिशनखोर अनियमितता र दलालिकरणका बिरुद्ध क्रान्तिकारीले अभियान नै सुरु गरेर भकाभक कारबाही गर्न थालेको छ । यसै क्रममा अखिल क्रान्तिकारीले सिद्दार्थ टेक्निकल कलेज तानसेनमा एक चेतावनी पत्र समेत पेश गरेको छ ।

क्रान्तिकारीले उक्त कलेजमा ब्यबस्थापक फेरबदल भइ प्रसुनमन बज्राचार्य आएपछि कलेजका बिद्यार्थीहरुमाथि अभद्र ब्यबहार गर्ने, कुटपिट गर्ने, अनावश्यक बिध्यार्थिलाई निष्कासन गर्ने, मानसिक यातना दिने लगायतका गतिविधि बढाएको भन्दै चेतावनीसहितको पत्र बुझाएको हो ।

बिद्यालय प्रसाशनले मध्यरातमा कलेजकी छात्रा यमुना शाहलाई निष्काशन गरेर अमानवीय व्यवहार गरेको प्रति क्रान्तिकारीले गम्भीर आपत्ति जनाएको छ । विद्यालय प्रसाशनले देखाएको यस प्रकारको दादागिरी प्रति घोर आपत्ति जनाउदै क्रान्तीकारीले प्रशासनलाई यस्ता हर्कत सच्याउन माग गरेको छ ।

उक्त कलेज समक्ष ५ बुँदे माग राख्दै क्रान्तिकारीले बुझाएको चेतावनी पत्रमा आफ्नो संगठनले राखेका मागको सुनुवाई नभए त्यसबाट उत्पन्न हुने जटिल परिस्थितिको सामना गर्न तयार रहन समेत कलेजलाई चेतावनी दिएको छ ।

क्रान्तिकारीको चेतावनीलाई वेवास्ता गर्दै कलेजले आफ्नो कमजोरी नसच्याए कलेज प्रसाशनले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्दै कारबाही गरिने सिटिइभिटी संयोजक बिकले बताए ।

हेर्नुहोस् चेतावनी पत्र जस्ताको त्यस्तै

२०७५ असार १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...