इमान्दार संवाददाता
६४६ पटक

काठमाडौं ।

फ्रान्ससँग पराजित भए लगत्तै अर्जेन्टिनी खेलाडी हेभियर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

१४७ पटक अर्जेन्टिनाको प्रतिनिधित्व गरिसकेका ३४ वर्षीय खेलाडीले खेल सकिएको सिट्ठी रेफ्रीले बजाएसँगै यस्तो घोषणा गरेका हुन् । यो वर्षको सुरुमा बार्सिलोना छाडेका उनले अहिले चाइनिज सुपर लिग खेलिरहेका छन् ।

हिजो रातिको खेलमा लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । केलिन एमबाप्पे चम्किएपछि पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४–३ को शानदार जित हासिल गरेको हो ।

फ्रान्सविरुद्ध मुख्य गरी अर्जेन्टिनाको रक्षापंक्ति निक्कै कमजोर देखियो । पहिलो हाफमा एकएक गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लियो ।

लियोनल मेस्सीको पासमा गाब्रियल मार्काडोले गोल गरेपछि २–१ को अग्रता बनाएको अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन र त्यसपछि लगातार गोल खान पुग्यो ।

२०७५ असार १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड