इमान्दार संवाददाता
२८० पटक

काठमाडौँ ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोलीका खेलाडीले वर्चस्व राखेका छन् । शनिबार ४९ केजी तौल समूहमा आर्मीका सुशील थापा र एपीएफका आश तामाङ फाइनल पुगेका छन् ।

सुशीलले एपीएफका प्रदीप महर्जन र आशले कास्कीका विष्णु गौतमलाई हराए । ५२ केजीको स्वर्णलाई एपीएफका पूरन राई र कास्कीका दिनेश बानियाँ भिड्दै छन् । पूरनले झापाका सुरेन्द्र राईलाई र दिनेशले झापाका जितेन्द्र राईलाई हराए ।

६० केजीको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मा र झापाका प्रकाश लिम्बुले कञ्चनपुरका रामबहादुर थापालाई पराजित गरे ।

६४ केजीको सेमिफाइनलमा आर्मीका नरेश थापाले एपीएफका सोनम कार्की र झापाका अविनय राईले आर्मीका बुद्धिसागर गुरुङलाई हराएर उपाधि भिडन्त पक्का गरे ।

आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दीप बेन्जु र कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई हराएर ६९ केजीको फाइनल सुरक्षित गरे ।

७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगर र आर्मीका किरणराज शाहीले दमकका प्रेम गुरुङलाई हराए । कास्कीका दीपक सुनुवारले आर्मीका कृष्णसिंह धामी र आर्मीका भूपेन्द्र सिंहले टीकाथलीका रवीन्द्र घिमिरेलाई हराएर ८१ केजीको फाइनल पुगेका छन् ।

महिला ४८ केजीको स्वर्णलाई नन्जा बुढामगरले आर्मीकी सुमित्रा विक र सावित्री तामाङले अल्फाका विमला थापामगरलाई हराए । दुवै विजेता एपीएफका हुन् ।

५२ केजीतर्फ मकवानपुरकी सन्जुमाया थिङले आर्मीकी आरती तामाङ र एपीएफकी माला राईले आर्मीकी गीताकुमारी थापालाई हराउँदै फाइनल पक्का गरे । आर्मीकी मीनु गुरुङ र काठमाडौंकी मीना घले ५४ केजी फाइनल पुगेका छन् ।

मीनुले एपीएफकी नीता गोसाईंलाई र मीनाले दमककी चन्द्रकला राईलाई हराए । ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरी र नक्सालकी कुसुम तामाङले आर्मीकी मुना बम्जनलाई हराए ।

६४ केजीमा आर्मीकी विनिता मगरले नक्सालकी अम्बिका विक र एपीएफकी विनिता थापामगरले भक्तपुरकी सरु ब्यान्जुलाई हराउँदै फाइनल पक्का गरे । सबै फाइनल आइतबार हुनेछ ।

२०७५ असार १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...