इमान्दार संवाददाता
१०५ पटक

काठमाडौं । 

भारतमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ । उत्तराखण्डको पौडी गढवालको नेनीडाँडा क्षेत्रमा आइतबार बिहान ८ बजेतिर उक्त बस दुर्घटना भएको हो।

यात्रुहरुले खचाखच भरिएको सो बस भौनबाट रामनगरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनास्थलमा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी छ । उद्धारकर्मीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

२०७५ असार १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...