आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१८६ पटक

काठमाडौँ । 

अमेरिकी सरकारले बालबालिकालाई आफ्ना अभिभावकबाट छुटाएर अलग्गै राखेको विरोधमा विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले नेपालमा विरोध प्रदर्शन गरेको छ ।

आज विहान एक कार्यक्रम गर्दै एम्नेष्टीले नेपालस्थित अमेरिकी राजदूतावासमा ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझाउनुअघि एम्नेष्टीले महाराजगञ्ज चक्रपथदेखि टिचिङ अस्पतालसम्म ¥याली पनि निकालेको थियो ।

बालबालिकाको अधिकार कुनै पनि बहानामा कुण्ठित नगर्न र पूर्ण सुरक्षित राख्न एम्नेष्टीले माग गरेको छ । एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कुईकेलले बालबालिका र आप्रवासीको अधिकारमा प्रहार नगर्न एम्नेष्टीले विश्वभरबाट अमेरिकी सरकारको ध्यानाकर्षण गराएको बताए ।

बालबालिकालाई आफ्ना अभिभावकबाट छुटाउनु निन्दनीय भएको भन्दै उक्त निर्णय सच्याउँदै आप्रवासीमाथि भइरहेको विभेद अन्त्य गर्न उनको आग्रह थियो ।

२०७५ असार १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...