इमान्दार संवाददाता
५२ पटक

काठमाडौँ ।

नाइजेरियामा पेट्रोल बोकेको एक ट्यांकरमा आगोलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । नाइजेरियाको लागोस सहरमा गुडिरहेको ट्यांकरमा एक्कासि आगोलागी हुँदा ५० भन्दा बढी सवारी–साधनहरु जलेका छन् ।

घटनामा थुप्रै व्यक्ति जलेर घाइते भएका छन् । ट्यांकरमा आगोलागी हुनेबित्तिकै आगो एउटा सवारी–साधनबाट अर्कोमा सल्कँदा ती सवारी–साधनहरु जलेका हुन् ।

विश्वमा तेल उत्पादन गर्ने अफ्रिकी मुलुकहरुमध्ये नाइजेरिया पहिलो स्थानमा रहेको छ । नाइजेरियामा तेल बोक्नेक्रममा धेरै आगोलागीका घटना हुने गरेका छन् । (एजेन्सी)

२०७५ असार १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड