इमान्दार संवाददाता
४२ पटक

काठमाडाैं ।

डिफेन्डिङ च्याम्पियन जर्मनी रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा कोरियासँग २-० गोलले पराजित हुँदै जर्मनी बाहिरिएको हो।

कजान एरिनामा एसियाली मुलुक कोरियाले जर्मनलाई २-० ले हराएको हो। जर्मनीले पाएको केही राम्रा मौका हरूमा गोल गर्न नसक्दा जर्मनी बाहिरिनु पर्‍यो।

समूह ‘एफ’ मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल थियो। अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० ले हराउँदै समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्‍यो।

लगातार दुई खेल गुमाईसकेको दक्षिण कोरियाले जर्मनसँग अंक खोस्नाले एसियाली मुलुक ४ अंक सहित समूहमा तेस्रो भएर रसिया विश्वकपको खुसद अन्त्य गरेको छ। त्यस्तै जर्मनीलार्इ पराजित गरेकाे दक्षिण काेरिया पनि समूह चरणबाटै बाहिरिएको छ।

उता समूह ‘एफ’को मेक्सिको र स्वीडेनबीचको खेलमा स्वीडेन ३ गोलले विजयी भएको छ। समूह चरणको लगातार दुई खेल जीतेको मेक्सीकोले यस खेलमा कुनै गोल गर्न सकेन, उल्टो स्वीडेनलाई आत्मघाती गोल उपहार दियो।

अन्तिम १६ मा स्थान बनाउनका लागि स्वीडेनलाई आज मेक्सीको विरूद्धको खेल जित्नै पर्ने दबाब थियो। मेक्सिकोलाई भने बराबरी काफी थियो। यस अवस्थामा स्वीडेनले दोश्रो हाफको ५० औं मिनेटमा अगुस्टिनसनले गोल गर्दै खेलमा अग्रता स्वीडेनलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो त्यसपछि ६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

मेक्सिकोका खेलाडी एच मोरेनोले स्वीडेनका बर्गलाई डिबक्समा फल गरेपछि स्वीडेनले पेनाल्टीको अवसार पाएको थियो। जारी विश्वकपमा आन्दरेयासले दोश्रोपटक पेनाल्टीमार्फत गोल गरेका हुन्।

खेलको ७०औं मिनेटमा अल्भारेजले गोल गरेपछि स्विडेनको अग्रता तेब्बर भएको हो। अल्भारेजले बलको बचाउ गर्ने क्रममा आत्मघाती गोल गर्न पुगे हुन्।

जीतसँगै स्वीडेन समूह विजेता बनेको छ भने मेक्सिको उपविजेता बनेको छ।

२०७५ असार १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड