आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
८५ पटक

काठमाडौं ।

नेपाल एयरलाइन्सको पहिलो एयरबस ३३० वाइडबडी जहाज भोलि काठमाडौं आइपुग्ने भएको छ। साढे एक वर्ष लामो खरिद प्रक्रियापछि नेपाल एयरलाइन्सले पहिलोपटक ठुलो जहाज भित्र्याउन लागेको हो।

नेपाल एयरलाइन्सका लागि पोर्चुगिज कम्पनी हाइफ्लाईले अर्डर गरेर निर्माण भएको एयरबसको उक्त जहाज नेपाल एयरलाइन्सले भोलि काठमाडौं ल्याउने छ। जहाज ल्याउन नेपाल एयरलायन्सको टोली फ्रान्स पुगिसकेको छ।

जहाज हाइफ्लाइका पाइलटले एयरबसको कारखाना फ्रान्सको टुलुसबाट उडाएर काठमाडौं ल्याउने नेपाल एयरलाइन्सका अधिकारीहरुले जानकारी दिएका छन्।

रोल्सरोयस ट्रेन्ट७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन् । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहनेछन्।
२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

एयरलाइन्सले जहाज किन्नको लागि नागरिक लगानी कोष र संचय कोषसँग ऋण लिएको छ। अर्को जहाज भने एक महिनाभित्र आइसक्ने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए। पहिलो आएको जहाजबाट अगष्ट १ बाट काठमाडौं बाट युएइको दुबईमा उडान गर्ने एयरलाइन्सको योजना रहेको छ।

कोरियाको इन्चोन विमानस्थलमा उडान गर्ने घोषणा गरेको भएपनि नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकोले ३ महिना पुरानै गन्तव्यमा उडान गर्न लागिएको कंसाकारले जानकारी दिए।

२ वाइड बडी उडानका लागि १६ जना क्याप्टेन(पाइलट) चाहिने भएपनि निगमले अहिलेसम्म २ जनामा तयार पारेको छ। बाँकी पाइलटको लागि विदेशी कम्पनीहरुसँग कुरा भइरहेको एयरलाइन्सले जानकारी दिएको छ।

एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको र अहिले २ जनामात्र क्याप्टेन तयार भएको कंसाकारले जानकारी दिए।

२०७५ असार १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...