आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२१४८ पटक

काठमाडौं ।

जाजरकोटको नलगाड नगरपालिका–६, खन्टाकुराका भविलाल बुढाथोकी मलेसियामा सुतेकै अवस्थामा मृत भेटिएका छन् । मलेसियाको सार्दाङ भन्ने ठाउँमा उनको बुधबार बिहान सुतेकै अवस्थमा निधन भएको हो ।

२२ वर्षे बुढाथोकी मलेसियाको इगल आइ सेक्युरिटी कम्पनीमा २६ महिना देखि सुरक्षा गार्डका रुपमा कार्यरत थिए । मंगलबार बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए । सुपरभाइजरले कोठा जान भनेपनि काम गर्न सक्छु भनेर राती पनि ड्युटी गरेको उनका साथीहरुले बताएका छन् । उनी बुधबार बिहान मात्रै होस्टल फर्किएका थिए ।

होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई पछि साथीहरुले मृत अवस्थामा भेटेका हुन् । भबिलालको शव सेर्दाङ अस्पतालमा राखिएको र छिट्टै नेपाल पठाउने तयारी भइरहेको मलेसियाबाट मोतिराज हमालले जानकारी दिएका छन् ।

भविलालको परिवारमा आमा, दिदी, दाई र एक जना भाई रहेको बुझिएको छ । बुवाको यसअघि नै मृत्यु भइसकेको छ भने दाई जयबहादुर बुढा पनि रोजगारीकै सिलसिलामा मलेसियामै छन् । उनि टाढा भएकाले घटनास्थलमा भोली बिहान मात्र पुग्नेछन् ।

मेलिसियाको मौसम, अुसरक्षित काम, असुरक्षित कार्यस्थल र खानपानका कारण दिनहुँजसो यस्ता घटना हुने गरेका छन् ।

२०७५ असार १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...