इमान्दार संवाददाता
२९६ पटक

काठमाडौँ।

ज्योति बिकास बैंकले आफ्नो सेवा बिस्तार क्रमलाई तिब्रता दिन थालेको छ । यसैक्रममा बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

एका कार्यक्रमकाबीच बैकको शाखा बर्दघाट नगरपालिका ४ स्थित बर्दघाट बजारमा औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अथिति बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले आषाढ १२ गते संयुक्त रुपमा उद्घाटन गरेर शाखा बिस्तार गरिएको हो ।

सो अवसरमा बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्यालले सुपरिचित राष्ट्रिय स्तरको विकास बैंकको शाखा आफ्नो नगरपालिका भित्र खुलेकोमा खुशी लागेको बताउदै बैंकको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंक नेपाल राष्ट्र बैंकले तोकेको समयमानै चुक्ता पुँजी पु¥याएको र हाल आफ्नो सेवा तथा शाखा संजाललाई देशैभरी विस्तार गर्ने क्रममा बर्दघाटमा शाखा खोलेको बताए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जिम्मेवार ढङ्गले गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गरिरहेको हुनाले बैंकले आफ्नो व्यवसाय विस्तार गर्ने क्रम बढाई रहेको बताउंदै ज्योतिको सेवा लिनहुन आम नागरिकमा अनुरोध गरेका छन् ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु.१६ अर्व ३१ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु.१४ अर्व ७१ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

२०७५ असार १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...