आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
५१९ पटक

काठमाडौं ।

आफ्ना वेबसाइटका न्युज लिंक तथा अन्य स्टाटस, तस्बिर र भिडियो जस्ता सामाग्रीहरुमा जबरजस्ती लाइक, शेयर वा कमेन्ट गर्न लगाउने खालका युजरका न्युज लिंक र तस्बिरहरुलाई फेसबुकले अबदेखि हटाउने बताएको छ ।

मानिसहरुको ध्यान केन्द्रित गराउन ‘यसलाई लाइक गर्दा २४ घन्टामै राम्रो खबर पाइन्छ’, ‘यी भगवान्को दर्शन गर्न एक शेयर वा यस्तो कमेन्ट गर्नुहोस्’ जस्ता पोस्टहरुलाई फेसबुकले हटाउने निर्णय गरेको बताएको छ ।

यस्ता पोस्टहरुले फेसबुकको दुरुपयोग भन्दै हटाइदिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै धेरै प्रयोगकर्ताले पनि यससम्बन्धी गुनासो गरिरहेकाले यस्ता पोस्टलाई हटाउने निर्णय गरेको बताएको छ ।

त्यसैले सोमबारदेखि नै न्युज फिडबाट यस्ता किसिमका पोस्टलाई नदेखिनेगरी तल राखिने बताइएको छ । यति गर्दा पनि उनीहरुले लाइक, कमेन्ट र शेयर पाउन यस्ता तरिका अपनाएमा फेसबुकले तिनीहरुमाथि प्रतिबन्ध नै लगाइदिने चेतावनी दिइसकेको छ ।

यस बाहेक कतिपय पोस्टहरुले प्रयोगकर्तालाई विज्ञापनले भरिएका लिङ्कतर्फ लैजाने गरेकामा फेसबुकले गतसाता यस्ता पोस्टहरु राख्नमा निषेध गरिदिएको थियो । फेसबुकले यस्ता अनावश्यक सामग्रीलाई हटाउन गरिरहेको विभिन्न प्रयास कत्तिको फाइदाजनक साबित हुन्छ त्यसको परिणाम आउन भने बाँकी नै छ ।

फेसबुक प्रयोगकर्ताले कस्तो पोस्ट हेर्न पाउने वा नपाउने भन्नेमा फेसबुकको पूर्ण नियन्त्रण हुने भएकाले उसले अपनाएको यो तरिकाले त्यस्ता सामग्रीलाई धेरै कम गराउने अनुमान गरिएको छ । फेसबुकलाई सुरक्षित र अनावश्यक सामग्रीरहित बनाउन हाल थुप्रै परिवर्तनहरु गरिएका छन् ।

२०७५ असार ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...