इमान्दार संवाददाता
४८७ पटक

मलेसिया। 

रोजगारीका लागि २३ महिना अघि मलेसिया आएका चागे गाउँपालिका वार्ड नं ६ ताप्लेजुङका राजकुमार तामाङको मलेसियामा मृत्यु भएको छ ।

गुरुङ म्यानपावर काठमाडौं बालाजुबाट मलेसिया क्रीतिम सजावटका माछा बनाउने कामको लागि भनेर आएतापनि आएको केही महिना नबित्दै अवैध रुपमा इपो पेराइमा काम गर्दै आएका राजकुमार र उनकै गाउँका मानबीर तामाङमाथिसँगै काम गर्ने म्यान्मारका तीन कामदारले छुरा प्र्रहार गरेका थिए ।

छुरा प्र्रहारपछि उनीहरुलाई इनार जस्तो ठाउँमा वेवारिसे अवस्थामा सात दिनपछि अचेत अवस्थामा भेटिएका तामाङको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

कामको विषयलाई लिएर अघिल्लो दिन मानबीसंग सधारण विवाद भएको बुझिएको छ । विवाद भएको भोलिपल्ट राजकुमार र मानबीर बजारबाट कोठमा फर्कदै गरेको अवस्थामा उनीहरुमाथि आक्रमण भएको थियो । आक्रमणमा दुबै जनालाई चोट लागेपछि आफू ज्यान बचाउन भागेको मानबीरले बताए ।

जुन ७ तारीखको साँझ उक्त घटना इपु पेराइमा भएको हो । मानबीरको अवस्था सामान्य भएपनि राजकुमारको भने शनिबार राती टाइपिङ हस्पिटल इपोमा उपचारको क्रममा मृत्यु भएको हो ।

अवैधानिक रुपमा काम गर्दै आएका मृतक राजकुमारको उपचार को लागि मलेसिया को २५ हजार रिङ्गेट बराबरको खर्च भएको दाबी अस्पतालले गरेका मृतकका दाइ जीवन तामाङलाई बताए ।

उनका दाईले भने, ‘भाइ गुमाउनको पीडा एकातिर छ भने त्यति धेरै रकम कसरी जुटाउ भन्ने चिन्ता अर्कोतिर ।’ सहयोगका लागि सबैलाई अनुरोध गर्दै दूतावासलाई पनि आबस्यक पहल गर्न अनुरोध गर्ने उनले बताए ।

२०७५ असार १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...