इमान्दार संवाददाता
३७६ पटक

नुवाकोट । 

आजभोली बिहे भोजमा ठुल-ठुला पार्टीको आयोजना गरिने चलन छ । कतिपय बिहे पार्टीमा जाड रक्सीले झैँ झगडा हुने गरेको छ भने कतिपय बिहे पार्टीको खानपिनले मान्छेको ज्यानै जाने गरेको छ ।

हालै यस्तै एउटा घटना नुवाकोटमा घटेको छ । बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर नुवाकोटको विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ ।

आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७५ असार ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड