आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
५९ पटक

मस्को ।

सर्वियालाई हराउँदै स्विट्जरल्याण्डले विश्वकप फुटबलको नकआउट चरणमा उक्लिने सम्भावना बलियो पारेको छ । गएराति कालिनिन्ग्राद रंगशालामा भएको खेलमा सर्वियाले सुरुवाती अग्रता लिएको थियो ।

पाचौ मिनेटमा अलेक्साण्डर मित्रोभिचले गोल गर्दै सर्वियालाई अग्रता दिएका हुन् । ५२ औं मिनेटमा स्विट्जरल्याण्डका ग्रानिट झाकाले गोल फर्काउँदै खेल बराबरी गरे । ईन्जुरी समयमा खेर्दान शाकिरीले निर्णायक गोल गरेपछि स्विट्जरल्याण्डले कठिन खेलबाट ३ अंक लिएको छ ।

जितसँगै स्विट्जरल्याण्डले समूहका दुई खेलबाट ४ अंक जोड्दै तालिकामा शीर्ष स्थानमा रहेको ब्राजिलसँग बराबरी गरेको छ । ३ अंकमात्रै जोडेको सर्विया तेस्रो स्थानमा छ ।

यी तीनवटै टोली समूह ‘ई’ बाट अघिल्लो चरणमा पुग्ने समिकरणमा जीवित रहँदा चौथो स्थानको कोष्टा रिका भने बाहिरिएको छ ।

२०७५ असार ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...