इमान्दार संवाददाता
५५ पटक

काठमाडौँ ।

रुसमा जारी २१ अाैँ स‌ंस्करणकाे विश्वकप समूह चरणको दोस्रो खेलमा ब्राजिलले कोस्टारिकाविरुद्ध कठिन जित हात पारेकाे छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए ।

त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित सुनिश्चित गराए । पहिलो हाफ र दोस्रो हाफ बराबरीमा सकिएको अवस्थामा काउटिन्होले थपिएको ६ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

त्यसपछि नेमारले गोल गरे। यो जितसँगै ब्राजिल समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना मजबुत भएको छ ।

यसअघि नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थियो । खेलको ७९ औँ मिनेटमा नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए ।

पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो । त्यसपछि खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होलाई रेफ्रीले एलोकार्ड देखाएका थिए ।

यसअघि ब्राजिलले स्विट्जरल्याण्डविरुद्ध १-१को बराबरी खेल्दा पनि कौटिन्होले गोल गरेका थिए। डाउग्लास कोस्टाले उपलब्ध गराएको पासमा नेमारले गोल गरेका हुन्।

योसँगै ब्राजिलको इतिहासमा सर्बाधिक गोल गर्ने खेलाडीको सुचीमा नेमार तेस्रो स्थानमा पुगेका छन्। उनले ब्राजिलका लागि ५६ गोल अाज पूरा गरेका हुन्। उनी अघि पेलेले ७७ र रोनाल्डोले ६२ गोल गरेका छन्।

जितसँगै ब्राजिल समूह र्इ को शीर्षमा रहँदै अन्तिम १६ को नजिक पुगेको छ। कोस्टारिका भने विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ।

२०७५ असार ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...